सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद्

झापा। सशस्त्र प्रहरी बल नेपालको झापास्थित टोलीले मेचीनगर नगरपालिका-५, नकलबन्द इलाकाबाट पाँच लाख ५२ हजार रूपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ।

भारतबाट अवैधरूपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, मोटर पार्ट्स र औषधि सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडर्क्वाटर झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

सशस्त्र प्रहरी टोलीले बरामद गरेकाे सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ।

यसैगरी दुई लाख ४८ हजार रूपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको औषधि बरामद् गरिएकाे छ।

बरामद् औषधि भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्