सेनाले स्थापना दिवसको कार्यक्रम प्रत्यक्ष प्रशारण गर्ने
काठमाडौं। नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस २०७६ को अवसरमा आयोजना गर्ने विभिन्न कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

सर्वसाधारणले सेनाको विशेष कार्यक्रम सहज रूपले हेर्न सकुन् भनेर प्रत्यक्ष प्रसारण गर्न लागिएको हो।

जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले विज्ञप्ति जारी गर्दै सेना दिवसको कार्यक्रम नेपाल टेलिभिजन र सरोकार टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुन लागेको जानकारी दिएको हो।

नेपाली सेनाका अनुसार काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर र काठमाडौं मलमा भएको डिजिटल स्क्रिन बोर्डमार्फत् पनि प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ।

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सेनाले महाशिवरात्रि तथा सेना दिवस मनाउँदैछ।

सेनाले टुँडिखेलमा विशेष तयारीसमेत गरिसकेको छ।

स्थापना दिवसमा सेनाले विभिन्न कार्यक्रममा उत्कृष्ट हुनेलाई ट्रफी प्रदान गर्ने, ब्यानर र निशान प्रदानसहित महाशिवरात्रि बढाई, सैनिक कला प्रदर्शन, पुरस्कार वितरणको कार्यक्रम गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्