सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी श्रेष्ठ
<p>काठमाडौं। सशस्त्र प्रहरी बलले डीआईजी प्रविणकुमार श्रेष्ठलाई प्रवक्ता तोकेको छ।</p>
<p>प्रवक्ता रहेका डीआईजी सुरजकुमार श्रेष्ठले अवकाश पाएपछि रिक्त रहेको पदमा उनलाई जिम्मेवारी दिइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ।</p>
<p>सशस्त्र प्रहरी बलसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने जिम्मेवारी श्रेष्ठलाई दिइएकाले संगठनको आधिकारिक धारणाका लागि उनलाई ९८५१२७२००७ मा सम्पर्क गर्न समेत अनुरोध गरिएकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
