दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई जेल सजाय
दक्षिण काेरिया। दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्यूङ–बाकलाई भ्रष्टाचारको अभियाेगमा १७ वर्ष जेल सजाय दिइएको छ। अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले आज खारेज गरिदिएको हो।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो। उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो। तर, अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो।

सियोलस्थित जिल्ला अदालतमा आज भएको सुनुवाइका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो। आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएका थिए।

अर्का पूर्वराष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्