काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत थारूवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन आग्रह गरेको छ।
संविधान संशोधन लगायतका विभिन्न माग राखेर १ फागुनदेखि कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारूको स्वास्थ्यप्रति आयोगले चासो देखाएको हो।
उनको स्वास्थ्य अवस्थाका बारेमा आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको टोलीले अनुगमनसमेत गरेको छ।
थारूको रक्तचापमा अस्थिरता देखिएको, टाउको दुख्ने, ढाड दुख्ने एवं स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ।
आयोगका अनुसार उनको स्वास्थ्य अवस्था सम्बन्धमा अहिलेसम्म सम्बन्धित निकायबाट कुनै पहल भएको छैन।
आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई उनका मागहरू सम्बन्धमा आवश्यक छलफल र संवाद गरी निष्कर्षमा पुग्न तथा जीवन रक्षाको लागि आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
आपसी विमतिका विषयहरूलाई वार्ता र संवादको माध्यमबाटै समाधान खोज्न तथा कुनै पनि समस्या समाधानको लागि आमरण अनशन जस्तो कठिक बाटो नरोज्नसमेत आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
" /> काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत थारूवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन आग्रह गरेको छ।संविधान संशोधन लगायतका विभिन्न माग राखेर १ फागुनदेखि कैलालीको धनगढीमा आमरण अनशनमा रहेका थारूको स्वास्थ्यप्रति आयोगले चासो देखाएको हो।

">