काठमाडौं। बलेफी हाइड्रोपावरका ठेकेदार र अन्य व्यक्तिलाई ज्यान मार्ने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ का पासलाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
तामाङसहितका व्यक्तिले ठेकेदार र अन्य व्यक्तिलाई हातहतियार देखाएर ज्यान मार्ने, हातखुट्टा भाँचिदिने भनी धम्की दिएको भन्ने सूचनाको आधारमा पुगेको अपराध महाशाखाकाको टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई ६ फागुनमा काठमाडौंको जडिबुटीबाट पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर बुझाइको अपराध महाशाखाका एसपी मुकेश सिंहले बताएका छन्।
प्रहरीका अनुसार यसअघि पनि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा करीब १८ महीना जेल भुक्तान गरी छुटेका तामाङ सिन्धुपाञ्चोलक जिल्लामा ज्यान मार्ने उद्योगमा संलग्न रही फरार रहेका थिए।
" /> काठमाडौं। बलेफी हाइड्रोपावरका ठेकेदार र अन्य व्यक्तिलाई ज्यान मार्ने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ का पासलाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

">