चोरी भएका मोटरसाइकल बरामद
<p>काठमाडौं। दाङ प्रहरीले हराएका तीन वटा मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।</p>
<p>प्रहरीले दाङका विभिन्न स्थानबाट तीन वटा पल्सर मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाई बुझाएको हो। </p>
<p>घोराही उपमहानगरपालिका–२ बालापुरका पञ्कजकुमार थापाको रा ५ प १६७५, सोही वडाको गोल्ली बस्ने तिलकराम भण्डारीको रा २ प २९५९ र श्रीमणि पौडेलको रा ३ प ९६३२ नम्बरका बाइक चोरी भएका थिए। </p>
<p>बाइक चोरी भएको विषयमा सम्बन्धित व्यक्तिले जानकारी गराएपछि तत्काल खोजतला गरी सम्बन्धित सवारी धनीलाई बुझाइको दाङ प्रहरी प्रवक्ता, डीएसपी सुमित खड्काले बताए। </p>
प्रतिक्रिया दिनुहोस्
