काठमाडौं। कान्तिपुर पब्लिकेसन्स अन्तर्गतको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले ६ फागुनमा प्रकाशन गरेको विज्ञप्तिको सम्पादकहरूले भत्सर्ना गरेका छन्।
विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले आज वक्तव्य प्रकाशित गरी चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका छन्।
सम्पादकहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं। तर, कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ। त्यस्तो कार्यको हामी भत्सर्ना गर्छौं।’
दूतावासको विज्ञप्तिले कूटनैतिक मर्यादा नाघेको सम्पादकहरूले स्मरण गराएका छन्। नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको र त्यसको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिवद्ध रहेको सम्पादकहरूले वक्तव्यमा उल्लेख गरेका छन्।
विज्ञप्ति जारी गर्ने सम्पादकहरूमा अखिलेश उपाध्याय, अमित ढकाल, अरूण बराल, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुँइटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, बसन्त बस्नेत, राजेन्द्र दाहाल, सुधीर शर्मा, शिव गाउँले, सुवास घिमिरे र हरिबहादुर थापा रहेका छन्।
पढ्नुहाेस्
चिनियाँ दूतावासको विज्ञप्ति प्रकरणः के भन्छन् सम्पादकहरू ?
" /> काठमाडौं। कान्तिपुर पब्लिकेसन्स अन्तर्गतको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले ६ फागुनमा प्रकाशन गरेको विज्ञप्तिको सम्पादकहरूले भत्सर्ना गरेका छन्।

">