आर्थिक समृद्धितर्फ प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पाैडेल

हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा बागमती प्रदेश सरकारद्वारा आज हेटौंडामा आयोजित समारोहमा उनले सरकारले जनताप्रति उत्तरदायी बहन गर्दै राष्ट्रिय गौरवको आयोजनालगायत जनहितको विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याएको बताए।

मुख्यमन्त्रीले एकोहोरो सरकारको आलोचना गर्ने मात्रै बानीलाई त्यागेर रचनात्मक सोच पनि राख्नुपर्ने घारणा व्यक्त गरे।

उनले राजनीतिक दलको नेतृत्वले आ-आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिँड्नुपर्ने अवस्था आएको उल्लेख गरे।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अहिले सुशासनको सम्वर्द्धन गर्दै जनतालाई मौलिक हकको संरक्षण तथा दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन उच्च प्राथमिकता दिएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्