काठमाडौं। ६ फागुनमा कान्तिपुर पब्लिकेसन्सअन्तर्गतको काठमाडौं पोस्ट्ले यसअघि कोरिया हेराल्डमा प्रकाशन भइसकेको एउटा लेख छाप्यो। चीनले कोराना संक्रमणको विषयमा गोप्यता कायम गरेर यो समस्यालाई झन् जटिल बनाएको विषय समेटिएको उक्त लेखसँग छापिएको तस्वीरमा १०० आरएमबीको चिनियाँ नोटमा राखिएको माओ त्से तङको फोटोमा मास्क लगाएर छापेकाे छ।
उक्त तस्वीर प्रकाशनको विषयलाई लिएर चिनियाँ दूतावासले ६ फागुनमै कडा विज्ञप्ति प्रकाशन गरी खण्डन गरेको छ। विज्ञप्तिमा काठमाडौं पोस्ट् दैनिकका सम्पादकको नाम उल्लेख गरेर ‘काठमाडौं पोस्ट् दैनिकले चीनसँग सम्बन्धित विषयमा पूर्वाग्रह राख्ने गरेको र सम्पादकलाई थप कारबाही गर्ने अधिकार दूतावाससँग सुरक्षित राखेको’ उल्लेख गरेको छ।
चिनियाँ दुतावास विज्ञप्ति प्रकाशनमा मात्रै सीमित रहेन। ‘चाइना मिडिया ग्रुप’का नेपालस्थित पत्रकार वर्षाले काठमाडौं पोस्ट्का सम्पादकलाई भिडिओ सन्देश पठाएकी छन्। भिडिओ सन्देशमा उनले भनेकी छन्, “हाम्रा चीनका वरिष्ठ नेता माओ त्से तुङको सम्पूर्ण चिनियाँहरूले सम्मान र कदर गर्दछन्। त्यसैले हाम्रो चिनियाँ राष्ट्र बैंकबाट निष्काशन गरिएको रेनमिनवी १०० युआनको फेसमा पनि उहाँको यो फोटो प्रयोग गरिएको हो। उहाँ र रेनमिनवी फेसमाथि कसैले हिलो छ्याप्न मिल्दैन। त्यसकारण तपाइहरूले क्षमा माग्नुपर्छ।”
चिनियाँ पत्रकार वर्षाकाे भिडियाे सन्देश
काठमाडौं पोस्ट पत्रिकाका आदरणीय सम्पादकज्यू, नमस्कार,
म चाइना मिडिया ग्रुपबाट आएको चिनियाँ पत्रकार हुँ। मेरो नाम वर्षा हो। आज बिहान मैले तपाईको पत्रिका पढें र यसमा एउटा लेख पनि पढें। आज यो लेखबारे तपाईहरूसँग छलफल गर्न खोजेको होइन। मैले भन्न खोजेको कुरा के हो भने यसमा तपाईंंले प्रयोग गरेको यो फोटोबाट सम्पूर्ण चिनियाँहरूको अपमान गरिएको हो। हाम्रा चीनका वरिष्ठ नेता माओ त्से तुङको सम्पूर्ण चिनियाँहरूले सम्मान र कदर गर्दछन्। त्यसैले हाम्रो चिनियाँ राष्ट्र बैंकबाट निष्काशन गरिएको रेनमिनवी १०० युआनको फेसमा पनि उहाँको यो फोटो प्रयोग गरिएको हो। उहाँ र रेनमिनवी फेसमाथि कसैले हिलो छ्याप्न मिल्दैन। त्यसकारण तपाईहरूले क्षमा माग्नुपर्छ।
अहिले सम्पूर्ण विश्वमा सम्पूर्ण मानवजातिले कोरोना भाइरसको सामना गर्नको लागि संयुक्त प्रयास गरिरहेका छन्। यस्तो अवस्थामा हरेक जनाले आफ्नो स्वास्थ्यका लागि मास्क लगाउनु पर्छ। चिनियाँ साथीहरूले मास्क लगाएको यो फोटो चाहिन्छ भनेपछि तपाईंंहरूले मेरो फोटो लिनुस्। (यति भनेर उनी आफैंले मास्क लगाउँछिन्)।
तपाईं र सम्पूर्ण पत्रकार साथीहरूले मेरो यो फोटो फ्रीमा दिन्छु। अन्तमा सम्पूर्ण नेपाली साथीहरूको सुस्वास्थ्यका लागि मेरो हार्दिक शुभकामना छ। तपाईंहरूलाई धन्यवाद।
चिनियाँ दूतावासको विज्ञप्ति र चिनियाँ पत्रकारको उक्त भनाइ ट्वीटरमा सार्वजनिक भएपछि कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले चिनियाँ राजदूत होउ यान्छीको ट्वीटमा रिप्लाई लेखेका छन्, ‘हाम्रो सहप्रकाशन काठमाडौं पोस्ट्मा प्रकाशित लेख र त्यसमा प्रयुक्त चित्रप्रति चिनियाँ दूतावासको प्रतिक्रिया आपत्तिजनक छ। प्रकाशित सामग्रीप्रति उसले असहमति जनाउन सक्छ तर, धम्कीपूर्ण अभिव्यक्ति दिँदै प्रेसमाथि प्रहार गर्न पाउँदैन, हामी यसको भत्सर्ना गर्दछौं।’
त्यसैगरी, पत्रकारिता अध्येता भानुभक्त आचार्यले ट्वीटमा लेखेका छन्, ‘चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिको अन्तिम अनुच्छेद पूर्णरूपमा अस्वीकार्य छ। नेपालमा प्रेस स्वतन्त्रता चीनमा जस्तो बन्देज छैन र नेपाली मिडियाले बहुपक्षीय आवाजको प्रतिनिधित्व गर्छ।’
पत्रकार विजयकुमार पाण्डेले ट्वीटमा लेखेका छन्, ‘चिनियाँ दूतावास भर्सेस काठमाडौं पोस्ट् सम्पादक प्रकरण सामान्य घटना होइन। दुनियाँ अन्तरिक्षका घटनाबारे लामा सम्पादकीय र समाचार लेख्ने र लेखाउने प्रकाशक र प्रधानहरूले यो बारेमा बोल्लान्÷नबोल्लान् भविष्यले मात्रै देखाउला।’
वरिष्ठ पत्रकार एवं देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरेले देखापढीसँग भने, “मिडियाले स्वतन्त्र वातावरणमा काम गर्न पाउनुपर्छ। बाहिरी–भित्री कुनै पनि शक्तिबाट खतरा उत्पन्न हुनु हुँदैन।” तर, नेपालका धेरैजसो सम्पादक र मिडिया मालिकहरूलाई विभिन्न शक्ति केन्द्रले बोलाएर धम्क्याउने र थर्काउने गरेको उनले बताए। “नेपालमा भएका शक्तिशाली दूतावासले नेपालका मिडिया मालिक र सम्पादकहरूलाई बोलाएर थर्काएको, धम्क्याएको प्रशस्त उदाहरण छन्। कति बाहिर आउँछन् कति बाहिर आउँदैनन्”, घिमिरेले भने।
घिमिरेले भन्छन्, “त्यस्ता शक्ति केन्द्रले मलाई पनि बोलाएर धम्क्याउन खोजेका छन्। तर, मैले सहेर बस्ने गरेको छैन। निरन्तर प्रतिवाद गर्दै आएको छु।” नेपालमा १२ बुँदे सम्झौतामार्फत् भारतीय र यूरोपेली हस्तक्षेप भित्रिएको र त्यसलाई बेवास्ता गर्दै अरू हस्तक्षेपको मात्रै चर्चा गरेर ‘सेलेक्टिभ’ हुन नमिल्ने घिमिरेको भनाइ छ।
“नेपाली पत्रकारिता क्षेत्रको सम्मान र स्वतन्त्रताका लागि सम्पादकहरू र मिडिया मालिकहरू मिलेर छलफल चलाउन चाहन्छन् भने कुन शक्ति केन्द्रले के भने भन्ने कुरा उनीहरूलाई सुनाउन तयार छु”, घिमिरेले भने।
पढ्नुहाेस
१७ जना सम्पादकको वक्तव्य- ‘चिनियाँ दूतावासको विज्ञप्तिको भत्सर्ना गछौं’
" /> काठमाडौं। ६ फागुनमा कान्तिपुर पब्लिकेसन्सअन्तर्गतको काठमाडौं पोस्ट्ले यसअघि कोरिया हेराल्डमा प्रकाशन भइसकेको एउटा लेख छाप्यो। चीनले कोराना संक्रमणको विषयमा गोप्यता कायम गरेर यो समस्यालाई झन् जटिल बनाएको विषय समेटिएको उक्त लेखसँग छापिएको तस्वीरमा १०० आरएमबीको चिनियाँ नोटमा राखिएको माओ त्से तङको फोटोमा मास्क लगाएर छापेकाे छ।उक्त तस्वीर प्रकाशनको विषयलाई लिएर चिनियाँ दूतावासले ६ फागुनमै कडा विज्ञप्ति प्रकाशन गरी खण्डन गरेको छ। विज्ञप्तिमा काठमाडौं पोस्ट् दैनिकका सम्पादकको नाम उल्लेख गरेर ‘काठमाडौं पोस्ट् दैनिकले चीनसँग सम्बन्धित विषयमा पूर्वाग्रह राख्ने गरेको र सम्पादकलाई थप कारबाही गर्ने अधिकार दूतावाससँग सुरक्षित राखेको’ उल्लेख गरेको छ।

">