सल्यान दुर्घटनामा घाइते मेजरको मृत्यु

काठमाडौं। २८ माघमा सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा भएको दुर्घटनामा परेर घाइते भएका नेपाली सेनाका मेजर ईश्वर सिलवालको उपचारका क्रममा मृत्यु भएको छ।

ललितपुर इमाडोल बस्ने ३३ वर्षीय सिलवालको उपचारका क्रममा नेपाली सेनाको छाउनीस्थित अस्पतालमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ।

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको सेनाको ट्रक २८ माघमा दुर्घटना भएको थियो।

दुर्घटनामा सेनाका जमदार यादव धरेलको भने घटनास्थलमै मृत्यु भएको थियो।

घाइतेमध्ये सेनानी जयप्रकाश बोहरा, मोहन थापा र सिपाहीहरू विशाल गुरुङ, रेशम मगर, विपिन श्रेष्ठको छाउनीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्