अस्ट्रेलियाको मेलबर्नमा दुई बिमान ठोक्किए, चार जनाको मृत्यु

काठमाडौं। अस्ट्रेलियाको मेलबर्नमा आज दुई वटा साना बिमान आकाशमै आपसमा ठोक्किँदा तिनमा सवार चारै जनाको मृत्यु भएको छ।

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जनाएको छ।

दुई बिमान म्यान्गालोर शहरमा करीब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अस्ट्रेलियाका अधिकारीहरुले बताएका छन्।