गोठालो गएका वृद्धको आगोमा जलेर मृत्यु
<p>लम्की। कैलालीको टीकापुर नगरपालिका-७ सत्तीमा आगोमा जलेर ७० वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको छ।</p>
<p>सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैँले लगाएको आगो सल्किँदा भैँसी चराउन गएका उनको जलेर ६ फागुनमा मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
