राष्ट्रपतिद्वारा प्रजातन्त्र दिवसको शुभकामना <p>काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न लिएको लक्ष्यलाई प्रजातन्त्रको ठूलो उपलब्धिको संज्ञा दिएकी छन्।</p> <p>प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दे राष्ट्रपति भण्डारीले &lsquo;समृद्ध नेपाल, सुखी नेपाली&rsquo;को राष्ट्रिय आकांक्षा हासिल गर्न आजको दिनले थप ऊर्जा प्रदान गर्ने विश्वास गरिन्।</p> <p>राष्ट्रपतिले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन्।</p> <p>राष्ट्रपतिले सन्देशमा प्रजातन्त्रका लागि भएको संघर्षमा जीवन उत्सर्ग गर्ने शहीदप्रति सम्झना गरेकी छन।</p>
प्रतिक्रिया दिनुहोस्