काठमाडौं। साउल निगुरेजले शुरूमै गरेको गोलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको अन्तिम १६ मा गएराती लिभरपुललाई १–० ले पराजित गरेको छ।
मिडफिल्डर निगुरेजले चौथो मिनेटमा गरेको गोल घरेलु टोली एथलेटिकोलाई जिताउन पर्याप्त बन्यो। दायाँ कर्नरबाट कोकेले हानेको प्रहार राम्रोसँग क्लियर नभएको बललाई ६ यार्ड बक्सभित्रबाट निगुरेजले पोष्टको दिशा दिएका थिए। लिभरपुललाई प्रतियोगितामा पुनरागमन गर्न अब मार्च ११ मा घरेलु मैदान एनफिल्डमा हुने दोस्रो लेगमा राम्रो नतिजा निकाल्नुपर्छ।
एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामै लिभरपुलले गत सिजन टोटेनह्यामलाई २–० ले हराउँदै च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। लिभरपुलले गएराती पनि गत सिजन फाइनल खेलेको टीममा एक खेलाडीमात्र परिवर्तन गरेको थियो। गत सिजन फाइनल खेलेको टीममा जोए गोमेजमात्र थिएनन्।
घरेलु लिगमा एट्लेटिको अहिले खराब समयबाट गुज्रिएको छ। तर डिएगो सिमोनीको टीमले च्याम्पियन्स लिगमा भने ‘अन्डरडग टीम’को नतिजा निकाल्न सफल भयो।
‘‘आजको रात सबभन्दा सुखद होइन। किनकी हामीले कुनै उपाधि जितेका छैनौं,’’ एट्लेटिकोका प्रशिक्षक सिमोनीले भने, ‘‘तर यो रातलाई हामी विर्षन सक्दैनौं। विश्वकै उत्कृष्ट टीम यहाँ आएको छ र हामीले उनीहरूलाई पराजित गरेका छौं। तर यो एक खेलमात्र हो र अर्को एक खेल खेल्नै बाँकी छ।’’
लिभरपुलले बल पोसेसन राम्रो राखे पनि एट्लेटिकोको रक्षापंक्ति तोड्न भने सकेन। यसअघि सबैखाले प्रतियोगितामा १४ खेलसम्म अपराजित रहेको लिभरपुलले ३०औं मिनेटमा गोलको प्रयास गरेको थियो। त्यसअघि २६औं मिनेटमा एट्लेटिकोका फरवार्ड एल्भारो मोराटाले गोलको राम्रो अवसर खेर फाले। च्याम्पियन्स लिगमा ५०औं खेल खेलिरहेका मोराटाले हानेको प्रहार लिभरपुलका गोलकिपर एलिसान बेकरले बचाइदिएका थिए।
लिभरपुलका मोहम्मद सालाह २६औं मिनेटमा अफसाइड भए भने त्यसको दश मिनेटपछि उनले हानेको प्रहार एट्लेटिकोका रक्षक फिलिपेलाई लागेर फर्किएको थियो।
‘‘खेलमा अधिकांस समय हामीले बल नियन्त्रणमा राख्यौं,’’ लिभरपुलका रक्षक भर्जिल भान डाइकले भने, ‘‘हामीले गोलको अवसर भने सिर्जना गर्न सकेनौं। तर हामीसँग अझै अर्को ९० मिनेटको समय छ र उक्त खेलमा हामी पुनरागमन गर्नेमा विश्वस्त छौं।’’
सालाहले ५४औं मिनेटमा गरेको हेड थोरैले बाहिरिएको थियो। एटलेटिकोका मोराटाले पनि ६८औं मिनेटमा अर्को राम्रो अवसर सदुपयोग गर्न सकेनन्। चोटका कारण नोभेम्बरबाट मैदान बाहिर रहेका डिएगो कोस्टा ७७औं मिनेटमा मैदान प्रवेश गरे।
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले पनि सिडयो माने र सालाहको स्थानमा डिभोक ओरिगी र एलेक्स अक्सलेड–चेम्बरलिनलाई मैदान छिराए। तर उनीहरूले लिभरपुलको नतिजामा फरक पार्न सकेनन्।
एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगमा नकआउट चरणको पछिल्ला १२ खेलमा घरेलु मैदानमा एक गोलमात्र खाएको छ।
‘‘मलाई आजको नतिजासँग कुनै समस्या छैन। आज मैले यहाँ धेरैको अनुहारमा खुशी देखे। किनकी यो ठुलो जित थियो। तर खेल अझै सकिएको छैन,’’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘‘आज यहाँका दर्शक आफ्नो टीमले जितोस भन्ने चाहन्थे। यो खेल निकै भावनात्मक पनि थियो। भावना महत्वपुर्ण हुन्छ। तर म दोस्रो लेगको प्रतिक्षामा छु।’’