तनहुँ। पेस्तोलसहित पक्राउ परेका तीनजनालाई तनहुँ जिल्ला अदालतले कैद सजाय सुनाएको छ।
शुक्लागण्डकी नगरपालिका-२ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र पाँच हजार नगद, विपिन पुनलाई तीन महिना कैद र चार हजार नगद जरिवाना गर्ने फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।
सँगै पक्राउ परेका अनुप घतानेले अदालतबाट सफाइ पाएका छन्।
गत २५ बैशाखमा कालिका मन्दिर नजिकै गाँजा खाइरहेका उनीहरू पेस्तोलसहित पक्राउ परेका थिए। जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले सो फैसला गरेको हो।
प्रहरीले उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र सय ग्राम गाँजासमेत बरामद गरेको थियो।
निजहरुविरुद्ध बिनाइजाजत हातहतियारको कारोवार गरेको अभियोगमा १६ जेठमा मुद्दा दायर भएको थियो। रासस
" /> तनहुँ। पेस्तोलसहित पक्राउ परेका तीनजनालाई तनहुँ जिल्ला अदालतले कैद सजाय सुनाएको छ।शुक्लागण्डकी नगरपालिका-२ बस्ने नरेन्द्र गुरुङ, प्रेयेशु भन्ने बुडुजा पुनलाई जनही छ महिना कैद र पाँच हजार नगद, विपिन पुनलाई तीन महिना कैद र चार हजार नगद जरिवाना गर्ने फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए।

">