काठमाडौं। स्वास्थ्य परीक्षणका लागि चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली परीक्षणपश्चात निवास फर्केका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुको नियमित परीक्षणका लागि प्रधानमन्त्री ओली सेन्टरमा पुगेको र अहिले निवासमा फर्किसकेको देखापढीलाई बताए।
“उहाँले विभिन्न अंगको नियमित परीक्षण गराउँदै आउनु भएको छ, त्यहीक्रममा आज मुटुको नियमित परीक्षण गर्न जानु भएको हो”, थापाले भने।
सेन्टरमा प्रधानमन्त्री ओलीलाई हेर्दै आएको चिकित्सकको टीमले परीक्षण गरेको थियो। त्यसक्रममा उनको मुटुको एन्जिओग्राम गरिएको थियो।
“एन्जिओग्रामको रिपोर्ट नर्मल आएको छ”, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले भने।
प्रधानमन्त्री ओलीको केही समयअघि सेन्टरमै एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय नियमित डायलासिस गरिंदै आएको छ।
प्रधानमन्त्री ओलीले केही समयअघि सम्पादकहरूसँगको भेटमा आफूले चाँडै मिर्गौला प्रत्यारोपण गर्ने बताएका थिए।
पढ्नुहोस्
मुटु परीक्षणका लागि प्रधानमन्त्री ओली मनमोहन सेन्टरमा
" /> काठमाडौं। स्वास्थ्य परीक्षणका लागि चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली परीक्षणपश्चात निवास फर्केका छन्।प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुको नियमित परीक्षणका लागि प्रधानमन्त्री ओली सेन्टरमा पुगेको र अहिले निवासमा फर्किसकेको देखापढीलाई बताए।

">