काठमाडाैं। भारतका एकजना सेवा निवृत्त कूटनीतिक अधिकारीले अनादिकालदेखि भारत-नेपाल सम्बन्ध रगतको नाताले बाँधिएको भन्दै दुई देशबीचका सबै समस्याको निकास सघन संवादको माध्यमबाट खोजिनुपर्ने आवश्यकता औंल्याएका छन्।
भारत र नेपालबीचको सम्बन्ध शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित भएकाे भन्दै उनले सहयोगात्मक यो सम्बन्ध दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित रहेको बताए।
‘नेपाल–भारत सम्बन्ध र भारतको पहिले छिमेक नीति’ शीर्षकमा नीति अनुसन्धान प्रतिष्ठान, नेपालले आज राजधानीमा आयोजना गरेको प्रवचनमा भारतको प्रतिरक्षा अध्ययन तथा विश्लेषण प्रतिष्ठानका महानिर्देशक सुजन ए चिनोइले भूमण्डलीकरणको वर्तमान युगमा परस्पर निर्भर सम्बन्धलाई सूचना र प्रविधिको विकासले अझ सहज तुल्याएको उल्लेख गर्दै पारस्परिक सम्बन्ध विस्तारमा कहीँकतैबाट व्यवधान खडा हुन नहुनेमा जोड दिए।
दुई देशबीचका मुद्दा बृहत् वार्ता, सरकारी एवं जनस्तरका साथै विद्वत वर्गलगायत सबैको निरन्तर संवादबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले नेपालसँगको सम्बन्धलाई नयाँ दिल्लीले सकारात्मकरूपमा लिएको र त्यसलाई प्रगतिशील देख्न चाहेको स्पष्ट गरे। रासस
" /> काठमाडाैं। भारतका एकजना सेवा निवृत्त कूटनीतिक अधिकारीले अनादिकालदेखि भारत-नेपाल सम्बन्ध रगतको नाताले बाँधिएको भन्दै दुई देशबीचका सबै समस्याको निकास सघन संवादको माध्यमबाट खोजिनुपर्ने आवश्यकता औंल्याएका छन्।भारत र नेपालबीचको सम्बन्ध शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित भएकाे भन्दै उनले सहयोगात्मक यो सम्बन्ध दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित रहेको बताए।

">