काठमाडौं। टोटेनह्यामका फरवार्ड सन ह्युङ-मिन केही साता मैदान बाहिर रहने भएका छन्।
४ फागुनमा एस्टन भिल्लाविरुद्धको खेलमा हात भाँचिएकाले उनी मैदानबाहिर रहने भएका हुन्।
दक्षिण कोरियाका २७ वर्षे फरवार्ड सनको यसै साता शल्यक्रिया गरिनेछ।
यससँगै उनले ७ फागुनमा च्याम्पियन्स लिगमा आरबी लिगपजिग र ११ फागुनमा प्रिमियर लिगमा चेल्सीविरुद्धको खेल गुमाउने भएका छन्।
सनले पछिल्लो पाँचै खेलमा गोल गरेका थिए। ४ फागुनमा भिल्लापार्कले टोटेनह्याम ३–२ ले विजयी हुँदा सनले दुई गोल गरेका थिए।
टोटेनह्यामले यसअघि पनि फरवार्ड ह्यारी केनलाई चोटका कारण गुमाइसकेको छ। गत जनवरीमा केनलाई ह्यामस्ट्रिङमा समस्या आएको थियो।
अब टोटेनह्यामको अग्रपंक्तिमा ब्राजिलका २७ वर्षे लुकास मोउरा, २२ वर्षे स्टेभन बर्गविन र १८ वर्षे ट्रोएमात्र फिट छन्।
बर्गविनलाई टोटेनह्यामले ‘जनवरी ट्रान्सफर विन्डो’मा अनुबन्ध गरेको हो।
" /> काठमाडौं। टोटेनह्यामका फरवार्ड सन ह्युङ-मिन केही साता मैदान बाहिर रहने भएका छन्।४ फागुनमा एस्टन भिल्लाविरुद्धको खेलमा हात भाँचिएकाले उनी मैदानबाहिर रहने भएका हुन्।

">