आईजीपीको सचिवालयमा एसपी भूपेन्द्र खत्री, कर्मचारी प्रशासनका एसपी पनि फेरिए

काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी उपरीक्षक (एसपी) भूपेन्द्र खत्रीलाई आफ्नो सचिवालयमा ल्याएका छन्।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एसपी खत्रीलाई महानिरीक्षक सचिवालयको पिए शाखामा ल्याइएको हो।

खत्री यसअघि रौतहटका प्रहरी प्रमुख थिए।

१२ वर्षअघि २२ जनाको ज्यान गएको रौतहट हत्याकाण्डका मुख्य अभियुक्त, पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्धा बिउँताएर उनलाई पुर्पक्षका लागि कारागार पठाउन खत्रीको प्रमुख भूमिका थियो।

त्यसैगरी, आइजीपी ज्ञवालीले नेपाल प्रहरीको कर्मचारी प्रशासन हेर्ने प्रहरी उपरीक्षक (एसपी) पनि फेरेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङजाको प्रमुख रहेका एसपी जनार्दन जिसीलाई कर्मचारी प्रशासनमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्