काठमाडौं। प्याराग्लाडिङका बिमल अधिकारी र तेक्वान्दोकी नीमा गुरुङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गरेको एनएनआईपीए स्पोर्टस् अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन्।
बिमल पुरुषतर्फ र नीमा महिलातर्फ उत्कृष्ट घोषित भएका हुन्। संघले २०१८ मा इन्डोनेसियामा सम्पन्न एशियाली खेलकुद प्रतियोगितालाई मुख्य आधार बनाएर अवार्ड गरेको थियो।
युवा प्रतिभा पुरस्कारको पुरुषतर्फ एथ्लेटिक्सका अजितकुमार यादव र महिलातर्फ भलिबलकी सरस्वती चौधरी अवार्ड जितिन्। युवा प्रतिभा पुरस्कार जित्नेले जनही ५० हजार तथा उत्कृष्ट घोषित हुनेले जनही एक लाख रूपैयाँ पुरस्कार जिते।
एशियाली खेलकुदमा नेपालले २८ खेलमा भाग लिएको थियो। हरेक खेलबाट एक उत्कृष्ट घोषित गरिएको छ।
२८ खेलका उत्कृष्टले जनही १० हजार रूपैयाँ पुरस्कार जिते। संघले यसपटक पारा एथलेट विधामा पनि अवार्ड प्रदान गरेको थियो। पारामा बोसिया खेलाडी महिमा कोइरालाले अवार्ड जितिन्।
खेल पत्रकारको पुरस्कारबाट गोरखापत्र दैनिकका पूर्व फोटोग्राफर राजेन्द्र चित्रकार सम्मानित भए। उनले २५ हजार रूपैयाँसहित सम्मानपत्र पए।
गजराज जोशी आदर्श खेल व्यक्तित्व अवार्डबाट बक्सिङका पूर्व प्रशिक्षक मदन गुरुङ सम्मानित भए। गुरुङले ३५ हजार रूपैयाँसहित सम्मानपत्र पाए।
संघले दी काठमाडौं पोष्टका प्रज्वल ओलीलाई स्पेशल अवार्डमार्फत् सम्मान गर्यो। ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएसनले प्रदान गर्ने स्पोर्टस् मिडिया अवार्ड-२०१९ मा राइटिङ बेष्ट कोलम विधाको अवार्ड जितेका थिए।
सम्मानित हुने खेलाडीः
पारा एथलेटः महिमा कोइराला (बोसिया खेलाडी)
आर्चरीः तिलक पुनमगर
एथलेटिक्सः अजितकुमार यादव
ब्याडमिन्टनः दिपेश धामी
बास्केटबलः मनिस राजोपाध्याय
बक्सिङः पुनम रावल
फेन्सिङः ओमकार सिंह
फुटबलः भरत खवास
गल्फः टंकबहादुर कार्की
जुडोः इन्द्रबहादुर श्रेष्ठ
कबड्डीः मेनुका राजवंशी
करातेः विजय श्रेष्ठ
कुराँसः उपेन्द्र थापा
लन टेनिसः प्रेरणा कोइराला
प्याराग्लाइडिङः बिमल अधिकारी
पेन्केक सिलातः गोविन्द चौधरी
रोल स्पोर्ट्सः मिलन शाह ठकुरी
सेपाकताक्रोः रोशन तामाङ
सुटिङः सुस्मिता नेपाल
स्पोर्ट्स क्लाइम्बिङः पेम्बा शेर्पा
स्क्वासः अमृत थापा
पौडीः सुभम श्रेष्ठ
टेबलटेनिसः नविता श्रेष्ठ
तेक्वान्दोः नीमा गुरुङ
ट्रायथलनः वसन्त थारु
भलिबलः सरस्वती चौधरी
भारत्तोलनः सञ्जु चौधरी
कुस्तीः रमेश गौतम
उसुः जुनी राई
" /> काठमाडौं। प्याराग्लाडिङका बिमल अधिकारी र तेक्वान्दोकी नीमा गुरुङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गरेको एनएनआईपीए स्पोर्टस् अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन्।

">