रौतहट। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सरकारले तराईको विकासलाई उच्च प्राथमिकता दिएको बताएकी छन्।
सरकारले हुलाकी मार्ग निर्माण सम्पन्न गर्न लागेको बताउँदै उनले तराईमा आधुनिक एकीकृत बस्ती निर्माण, जनता आवास कार्यक्रमलाई प्रभावकारी गराउन, स्वास्थ्य केन्द्रको प्रवर्द्धन र कृषिलाई आधुनिकीकरण गर्न सरकारले ल्याएको कार्यक्रमको स्रहना गरिन्।
रौतहटको मौलापुर नगरपालिका-५ पतौरामा आजदेखि शुरू भएको ऐतिहासिक मौलापुर मधानी महायज्ञ महोत्सवको सम्बोधन गर्दै उनले सांस्कृतिक गौरव माथि उठाउन तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई उच्च सम्मान गर्न सरकार तत्पर रहेको बताइन्। साथै, निरक्षरता उन्मूलन र रोजगारी प्रवर्द्धन गर्न स्तरीय, व्यावसायिक र प्राविधिक शिक्षा उपलब्ध गराएर औद्योगिक विकासमा जोड दिन राष्ट्रपतिले आग्रह गरिन्।
विदेशी पर्यटक भित्र्याउन महत्वपूर्ण टेवा पुर्याउने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयस्तरबाट मिलेको समर्थनले सरकारलाई थप बल पुगेको उनको धारणा थियो। काठमाडौं–तराई जोड्ने काठमाडौं–निजगढ द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछि यस क्षेत्रमा विदेशी पर्यटक भित्र्याउन सहज हुने विश्वास पनि उनले व्यक्त गरिन्।
उनले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने समेत बताइन्।
राष्ट्रपति भण्डारीले कर्णाटकालीन इतिहास बोकेको पुरातात्विक धरोहर रहेको सिम्रौनगढ नगरीसँगै जोडिएको पतौरामा हजारौं वर्ष पुरानो महादेव मन्दिरको अवशेष भेटिएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
ऐतिहासिक अवशेषले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न ठूलो सहयोग पुर्याउने उनले बताइन्। छोरी शिक्षालाई प्रभावकारी बनाउन प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रम प्रशंसनीय रहेको बताउँदै उनले ऐतिहासिक कालदेखि नै ज्ञानको प्रकाश छरिँदै आएको उक्त क्षेत्रमा दाइजो, तिलक, बालविवाह, छुवाछुत, महिला हिंसा, बोक्सीप्रथा अहिले पनि विभिन्न रूपमा बाहिर आउने गरेकामा चिन्ता व्यक्त गरिन्।
कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मधानी महायज्ञ महोत्सवले प्रदेश नं २ को पर्यटन प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। छोरी शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानलाई उच्च प्राथमिकता दिएको उनले जानकारी दिए।
“विक्रम संवत् २०७५ यता जन्मेका प्रदेश २ का छोरीहरू अहिले तीन लखिया भइसकेका छन्”, उनले भने, “प्रदेश २ का स्थानीय तहले पनि प्रदेश सरकारको रकममा थप तीन लाख रूपैयाँ थपेर ६ लाख बनाउनुपर्छ।”
प्रदेश २ का धेरै स्थानीय तहले अभियानलाई सघाउँदै तीन तीन लाख कोषमा थपेका छन्। मौलापुर नगरपालिकाका प्रमुखलाई पनि छोरी शिक्षा बीमाका लागि तीन लाख कोषमा थप्न उनले आग्रह गरे। उत्तमकुमार उपाध्याय/रासस