कोरोना महामारीका कारण नेसनल पिपुल्स कंग्रेसको वार्षिक बैठक स्थगित हुने

काठमाडौं। चीनको हुबेई प्रान्तबाट शुरु भएर अन्यत्रसमेत महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँ कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो वार्षिक कार्यक्रम प्रभावित हुने भएको छ।

हरेक वर्ष मार्च महिनाको शुरुवातमा हुँदै आएको नेसनल पिपुल्स कंग्रेसको वार्षिक बैठक स्थगित हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। वार्षिक बैठक स्थतिग हुने घटनालाई चीनभर फैलिएको कोरोना महामारीलाई कम्युनिष्ट पार्टीले गम्भीरतापूर्वक लिएको संकेतका रूपमा देखाइएको छ।

कोरोना महामारीले एक हजार आठ सय जनाको ज्यान लिइसकेको छ।

कम्युनिष्ट पार्टीको प्रभुत्वमा रहेको पिपुल्स कंग्रेस (संसद)को वार्षिक बैठक पार्टीले गर्वसाथ आफ्नो शासनको मोडल प्रदर्शन गर्ने चिनियाँ राजनीतिक परम्पराको रूपमा रहेको छ।

बेइजिङस्थित ‘ग्रेट पिपुल हल’ मा राष्ट्रपति सी र अन्य वरिष्ठ नेताहरूले झण्डै तीन हजार जना ‘सांसद’सँग बैठक गर्ने कार्यक्रम थियो। जुन बैठकले वार्षिक बजेट र अन्य कैयौं महत्वपूर्ण कानून पास गर्थ्याे।

सन् २००३ मा चीन सार्स भाइरसको महामारीसँग जुधिरहेका बेला पनि नेसनल पिपुल्स कंग्रेसको वार्षिक बैठक पूर्वनिर्धारित कार्यतालिका बमोजिम नै सञ्चालन भएको थियो। नेसनल पिपुल्स कंग्रेसको वार्षिक बैठक स्थगित गर्नुलाई असामान्य रूपमा ठूलो राजनीतिक परिघटनाको रूपमा रहने छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले एक संसदीय समितिका प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ– 'महामारीको रोकथाम र नियन्त्रणमा ध्यान केन्द्रित गर्न कंग्रेसको बैठक स्थगित गर्नुपरेको छ।'

कंग्रेसको वार्षिक वैठक स्थगित गर्नेबारे औपचारिक निर्णय आगामी १२ फागुनमा लिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्