काठमाडौं। शिक्षा क्षेत्रमा काम गर्ने पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन्।
५ फागुनमा काठमाडौंमा सम्पन्न १०औं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अधिकारी निवर्तमान उपाध्यक्ष शेषकान्त पण्डितलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए। २९ मत खसेकोमा अधिकारीले २३ र पण्डितले ६ मत प्राप्त गरेका थिए।
समितिको उपाध्यक्षमा कृष्ण मल्ल, महासचिव जनक नेपाल, सचिव श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा निर्वाचित भएका छन्।
विगत २२ वर्षदेखि पत्रकारिता गर्दै आएका अधिकारी नेपालगञ्जस्थित कृष्णसार एफएमका कार्यकारी प्रमुख तथा समाचार निर्देशक हुन्। उपाध्यक्ष मल्ल बुटवल टुडे दैनिकका सम्पादक हुन् भने महासचिव नेपाल, नेपाल साप्ताहिकमा कार्यरत छन्।
यसैगरी, समूहको सदस्यमा यशोदा अधिकारी, प्रज्ञा तिमल्सिना, ओमप्रकाश घिमिरे, जनक पण्डित, सविना बानिया, रोशन क्षेत्री गाउँले, गोपाल संग्रौला र विष्णु विवेक विश्वकर्मा चयन भएका छन्।
अध्यक्ष अधिकारीले शिक्षा पत्रकार समूहलाई कम्तीमा प्रदेशतहसम्म पुर्याउने बताएका छन्।
संघीयतापछि शिक्षाका अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा कसरी तल्लो तहसम्मै पत्रकारिताका माध्यमबाट शिक्षा क्षेत्रमा पैरवी गर्न सकिन्छ भन्नेमा आफ्नो ध्यान रहने अधिकारीले बताए।
“हाम्रो संस्थालाई पनि पुनर्संचना गर्ने सोंचमा छौं, विधान संशोधनको तयारी हुँदैछ”, अध्यक्ष अधिकारीले देखापढीसँग भने, “कसरी प्रभावकारी काम गर्न भन्ने विषयमा रणनीति र कार्ययोजना बनाएर अघि बढ्ने तयारीमा छौं।”
शिक्षा क्षेत्रमा पत्रकारिताका माध्यमबाट गर्नुपर्ने पैरवीलाई अझ मजबुत र प्रभावकारी बनाउन आफू नेतृत्वको कार्यसमितिले काम गर्ने उनले बताए। यसैगरी संगठनभित्रको आन्तरिक मेलमिलापलाई पनि मजबुत पारिने अध्यक्ष अधिकारीले बताए।
" /> काठमाडौं। शिक्षा क्षेत्रमा काम गर्ने पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन्।५ फागुनमा काठमाडौंमा सम्पन्न १०औं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। अधिकारी निवर्तमान उपाध्यक्ष शेषकान्त पण्डितलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भए। २९ मत खसेकोमा अधिकारीले २३ र पण्डितले ६ मत प्राप्त गरेका थिए।

">