हेटाैंडा। बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन्। उनले बागमती प्रदेश सरकारले अन्य प्रदेश सरकारभन्दा उत्कृष्ट एवं गुणस्तरीय र प्रभावकारीरूपमा विकास निर्माणमा जोड दिएको बताए।
“बागमती प्रदेशको १३ जिल्लालाई जोड्ने सडक सञ्जालको निर्माण, ग्रामीण सडकको निर्माण, सुरुङमार्गको निर्माण, मुख्य सडकको निर्माण र सार्वजनिक यातायातको सञ्चालन र सुरक्षामा विशेष प्राथमिकताको आधारमा काम गरिरहेका छाैं”, उनले भने।
उनले बागमती प्रदेशको राजधानी हेटौंडा भएकोमा जनतालाई कुनै समस्या नभएको र भौगोलिक आधारमा उपयुक्त स्थान भएको उल्लेख गर्दै समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न प्रदेश सरकार लागि रहेको बताए।
प्रदेश सरकारलाई पूर्णता दिन दुग्ध विकास बोर्डको गठन, पर्यटन निर्देशनालय, प्रेस रजिष्टारको कार्यालय, औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया, विभिन्न उद्योग र कृषि उत्पादन बढाउने खालको विकासका कार्यक्रम गरिरहेको र आगामी दिनमा प्रभावकारीका साथ सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त उनले व्यक्त गरे। रासस
" /> हेटाैंडा। बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन्। उनले बागमती प्रदेश सरकारले अन्य प्रदेश सरकारभन्दा उत्कृष्ट एवं गुणस्तरीय र प्रभावकारीरूपमा विकास निर्माणमा जोड दिएको बताए।“बागमती प्रदेशको १३ जिल्लालाई जोड्ने सडक सञ्जालको निर्माण, ग्रामीण सडकको निर्माण, सुरुङमार्गको निर्माण, मुख्य सडकको निर्माण र सार्वजनिक यातायातको सञ्चालन र सुरक्षामा विशेष प्राथमिकताको आधारमा काम गरिरहेका छाैं”, उनले भने।

">