दाङ। भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ।
पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए। गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उनको भनाइ छ।
उनका अनुसार करीब एक वर्षअघिदेखि पार्कका लागि चितुवा सहयोग गरिदिन माग गरिएको थियो। “हामीले लामो प्रयासपछि पार्कमा चितुवा ल्याएका छौँ” उनले भने, “यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ।”
भण्डारीका अनुसार चिडियाखानामा ४० किलो तौल भएको पाँच वर्षकाे चितुवा ल्याइएको हो। २६ माघमा ल्याइएको उक्त चितुवा हेर्नका लागि आउने पर्यटकको संख्या बढ्न थालेको अध्यक्ष भण्डारी बताउँछन्।
चितुवा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ। “हामीले चितुवा त ल्यायौं तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ”, उनले भने, “यसको समाधानका लागि हामीले तयारी गरिरहेका छौँ।”
अबको केही समयमा बाघ, अजिङ्गर, निलगाइ, भालु, जरायो, मयूरलगायतका जनावर ल्याउने गरी प्रक्रिया अघि बढाएको उनले बताए। त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको उनकाे भनाइ छ।
अहिले पार्कमा घाइते तथा अलपत्र जङ्गली जनावरलाई उपचार तथा संरक्षण गरिएको उनी बताउँछन्। उद्यानमा हाल २० वटा खरायो, पाँचवटा गिनिपिक (मुसा खरायो), दुईवटा राजहाँस, दुईवटा टर्की, एउटा कछुवा, दुईवटा हुइंचिल, एउटा चिल, एउटा दुम्सी, दुईवटा बाँदर र एउटा चित्तल छन्।
यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको संख्या बढेका छन्। अहिले पार्कमा पिकनिक स्पर्ट, बाल उद्यानलगायत संरचना छन्।
पार्कमा गणेश मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने गौतमबुद्धको सालिक पनि निर्माण भइरहेका छन्। यहाँ पहिले वनभोजका लागि बढी मानिस आउने गरेको भए पनि पछिल्लो समय जनावर तथा पंक्षीको अवलोकन गर्न आउने गरेको वडा नं. ७ का वडाध्यक्ष टोपबहादुर केसीले बताए। रासस
" /> दाङ। भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ।पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए। गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उनको भनाइ छ।

">