टिपरले टेम्पोलाई ठक्कर दिँदा एकजनाकाे मृत्यु <p>सप्तरी। सप्तरीको बोदेवरसाइन नगरपालिकास्थित गौरामा टिपरले टेम्पोलाई ठक्कर दिँदा एकजना भारतीय नागरिकको मृत्यु भएकाे छ। ६ जना घाइते भएका छन्।&nbsp;</p> <p>मृत्यु हुनेमा विहार अररिया जिल्ला मोतिहारीग्राम पञ्चाय-७ बस्ने २६ वर्षीय मोहम्मद सदाम हुसेन रहेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनले जनाएको छ।</p> <p>सप्तरीको बोदेवरसाइन नगरपालिका-५ स्थित जाँजरमा सम्पन्न इस्लामिक धार्मिक सम्मेलनबाट फिर्ता हुने क्रममा टेम्पोलाई टिपरले ठक्कर दिएकाे थियाे।</p> <p>दुर्घटनाका घाइतेको विभिन अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्