मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
बारा। बारामा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

लङ्गडाचोकबाट कुडवातर्फ जाँदै गरेको लु.२१प ६९६३ नंको मोटरसाइकल दुर्घटनामा परेर पतरौता नगरपालिका–९ कलावंजरका ३५ वर्षीय मञ्जय ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

त्यस्तै लङ्गडाचोकबाट बाजोपटीतर्फ जाँदै गरेको ना.२३प २७४६ नंको मोटरसाइकल डोरा खोलामा दुर्घटना हुँदा पतरौता नगरपालिका–८ बस्ने २२ वर्षीय विजय यादव र ५५ वर्षीय रामेश्वर यादवको समेत मृत्यु भएको मिश्रले बताए। मिश्रका अनुसार दुबै दुर्घटना हिजो (५ फागुनमा) भएको हो।

मृतक तीनै जनाको शव जिल्ला अस्पताल कलैयामा राखिएको छ। शव परीक्षणपछि आफन्तलाई बुझाइने पनि मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्