तालिबानी लडाकूद्वारा जिल्ला न्यायाधीशको हत्या
<p>अपगानिस्तान (हेरात)। अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिबानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।</p>
<p>हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक समूहले गयराति गोली हानी हत्या गरेका थिए। प्रान्तीय सरकारका प्रवक्ता जैलानी फरहादले तालिबानी लडाकू समूहले हिंसात्मक कारबाही स्थगित गर्ने घोषणा गरे पनि व्यक्ति हत्याको ज्यादती नरोकिएकामा चिन्ता व्यक्त गरे।</p>
<p>साप्ताहान्तमा कन्दहार प्रान्तको डन्ड जिल्लामा तालिबान समूहको आक्रमणमा दुईजना प्रहरी अधिकृतहरु मारिएका थिए। अफगानी स्वतन्त्र मानव अधिकार आयोगका अनुसार गत वर्ष सन् २०१९ मा मात्र दुई हजार ८०० भन्दा बढी सर्वसाधारणको हत्या हुनुका साथै ७ हजार ९५० जनाभन्दा बढी घाइते भएका छन्। <em>(रासस-सिन्ह्वा)</em></p>
प्रतिक्रिया दिनुहोस्
