काठमाडौं। निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने तयारी भइरहेको भन्दै सत्तारूढ दल नेकपाकै निकटस्थ नेपाल निजामती कर्मचारी संगठन विरुद्धमा उभिएको छ। सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको अहिलेसम्म अत्तोपत्तो छैन। तर संगठनले आन्दोलनका लागि समिति नै गठन गरिसकेको छ।

संगठनले ट्रेड युनियन खारेज नगर्न चेतावनी दिँदै संसदीय समितिमा सांसदहरूले ट्रेड युनियन खारेज गर्ने बहस चलाएकोप्रति आपत्ति जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा ट्रेड युनियनको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउँदै खारेज गर्नुपर्ने विषयमा बहस भएको थियो।

२ र ३ फागुनमा बसेको संगठनको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गरिए आन्दोलन गर्ने चेतावनी दिए। कर्मचारीको अधिकार संकुचित गर्न चाहनेहरूले ट्रेड युनियन खारेजीको कुरा उठाएको आरोप लगाए।

संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेकोप्रति ध्यानाकर्षण भएको पनि देवकोटाले बताए। उनले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याउने तयारी भइरहेको भन्दै त्यसका विरुद्ध ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिएको जानकारी दिए।

संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको बताएका देवकोटाले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने संगठन भएको दाबी गरे।

बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधि अभियानहरू सञ्चालन गर्ने निर्णय केन्द्रीय बैठकले गरेको पनि  उनले जानकारी गराए।

" /> काठमाडौं। निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने तयारी भइरहेको भन्दै सत्तारूढ दल नेकपाकै निकटस्थ नेपाल निजामती कर्मचारी संगठन विरुद्धमा उभिएको छ। सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको अहिलेसम्म अत्तोपत्तो छैन। तर संगठनले आन्दोलनका लागि समिति नै गठन गरिसकेको छ।

संगठनले ट्रेड युनियन खारेज नगर्न चेतावनी दिँदै संसदीय समितिमा सांसदहरूले ट्रेड युनियन खारेज गर्ने बहस चलाएकोप्रति आपत्ति जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा ट्रेड युनियनको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउँदै खारेज गर्नुपर्ने विषयमा बहस भएको थियो।

२ र ३ फागुनमा बसेको संगठनको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गरिए आन्दोलन गर्ने चेतावनी दिए। कर्मचारीको अधिकार संकुचित गर्न चाहनेहरूले ट्रेड युनियन खारेजीको कुरा उठाएको आरोप लगाए।

संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेकोप्रति ध्यानाकर्षण भएको पनि देवकोटाले बताए। उनले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याउने तयारी भइरहेको भन्दै त्यसका विरुद्ध ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिएको जानकारी दिए।

संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको बताएका देवकोटाले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने संगठन भएको दाबी गरे।

बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधि अभियानहरू सञ्चालन गर्ने निर्णय केन्द्रीय बैठकले गरेको पनि  उनले जानकारी गराए।

"> ट्रेड युनियन खारेजीको बहस छेडिएसँगै निजामती कर्मचारी संगठन आन्दोलनको तयारीमा: Dekhapadhi
ट्रेड युनियन खारेजीको बहस छेडिएसँगै निजामती कर्मचारी संगठन आन्दोलनको तयारीमा
काठमाडौं। निजामती सेवाका ट्रेड युनियन खारेज गर्ने तयारी भइरहेको भन्दै सत्तारूढ दल नेकपाकै निकटस्थ नेपाल निजामती कर्मचारी संगठन विरुद्धमा उभिएको छ। सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णयको अहिलेसम्म अत्तोपत्तो छैन। तर संगठनले आन्दोलनका लागि समिति नै गठन गरिसकेको छ।

संगठनले ट्रेड युनियन खारेज नगर्न चेतावनी दिँदै संसदीय समितिमा सांसदहरूले ट्रेड युनियन खारेज गर्ने बहस चलाएकोप्रति आपत्ति जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिमा ट्रेड युनियनको आवश्यकता र औचित्यमाथि प्रश्न उठाउँदै खारेज गर्नुपर्ने विषयमा बहस भएको थियो।

२ र ३ फागुनमा बसेको संगठनको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केदारप्रसाद देवकोटाले ट्रेड युनियन खारेज गरिए आन्दोलन गर्ने चेतावनी दिए। कर्मचारीको अधिकार संकुचित गर्न चाहनेहरूले ट्रेड युनियन खारेजीको कुरा उठाएको आरोप लगाए।

संघीय निजामति कर्मचारी सेवा ऐन निर्माणको क्रममा संसदीय समितिमा ट्रेड युनियन खारेज गर्नुपर्ने कुरा उठेकोप्रति ध्यानाकर्षण भएको पनि देवकोटाले बताए। उनले ट्रेड युनियन खारेज गर्नेगरी ऐन ल्याउने तयारी भइरहेको भन्दै त्यसका विरुद्ध ‘आन्दोलन तयारी तथा परिचालन समिति’ गठन गरिएको जानकारी दिए।

संघीय निजामती सेवा ऐन ल्याउन ढिलो हुँदा कर्मचारीका समस्या समाधान हुन नसकेको बताएका देवकोटाले कर्मचारी संगठनले कर्मचारीको हितमा मात्र काम नगर्ने र राष्ट्रिय हितका लागि समेत आवाज उठाउने संगठन भएको दाबी गरे।

बैठकले भ्रष्टाचार निवारणका लागि सबै जिल्ला र प्रदेशमा भ्रष्टाचार विरोधि अभियानहरू सञ्चालन गर्ने निर्णय केन्द्रीय बैठकले गरेको पनि  उनले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्