ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चितवनमा एकको मृत्यु

चितवन। भरतपुर महानगरपालिका-१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फूलबारीबाट मंगलपुरतर्फ जाँदै गरेको बा. १ क ६२५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना. ५७ प १९ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिएको थियो।

ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्। रासस

प्रतिक्रिया दिनुहोस्