अछाम कारागारमा सुतेकै ठाउँमा एक कैदी मृत भेटिए
अछाम। जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन्।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका पञ्चदेवल-विनायक नगरपालिका-६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्।

आज बिहान अबेरसम्म नउठेपछि साथीहरूले हेर्दा विक मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी दीपक भारतीले जानकारी दिए।

मृतकका आफन्तलाई खबर गरिसकिएकाले उनीहरू आइसकेपछि शव परीक्षण गरिने प्रहरीले बताएको छ।

प्रहरीले मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको बताएको छ।

भदौ २०६६ मा जेल परेका विकले १० वर्ष ६ महीना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने प्रक्रयामा थिए। रासस

प्रतिक्रिया दिनुहोस्