धनगढी उपमहानगरका पूर्ण अपांगता भएकालाई घरमै परिचय पत्र <p>कैलाली। धनगढी उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिहरूलाई घरमै पुगेर अपांगता परिचयपत्र वितरण गरेको छ।</p> <p>धनगढी उपमहानगरपालिका- १९ का पूर्णअपांगता भएका ७ जनालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको उपमहानगरपालिका प्रमुख निर्पबहादुर वडले बताए।</p> <p>अपांगता भएका ब्यक्तिहरूको सहजताको लागि वडातहमा परिचयपत्र वितरण सम्वन्धी शिविर संचालन गरिएको र पूर्णअपांगता भएकालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको प्रमुख वडले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्