कैलाली। हुलाकी सडक विस्तारको लागि धनगढी उपमहानगरपालिकाको सडक क्षेत्रमा बनाइएका घरटहरा स्थानीयवासी आफैँले भत्काउन थालेका छन्।
घरधनी आफैँले घर भत्काउन शुरू गरेकाले सडक विस्तार गर्न सजिलो भएको धनगढी उपमहानगरपालिका-८ का वडाअध्यक्ष नारायण बरालले बताए।
अहिले भइरहेको एक लेन सडकलाई चार लेनको बनाउन लागि क्याम्पस रोडदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किलोमिटर सडक विस्तार गर्न लागिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए।
उनले विकास निर्माणमा यसरी नै सबै स्थानीयको साथ र सहयोगको खाँचो औंल्याएका छन्।
धनगढी उपमहानगरपालिकासहित जिल्लाका विभिन्न ठाउँमा भारतको सहयोगमा कालोपत्रे भएको ६९ किलोमिटर सडक खण्डलाई हुलाकी सडक योजना कार्यालयले दुईदेखि चार लेनसम्म विस्तार गरिरहेको छ।
सडक आसपासका ३० मिटरभित्रका संचरना भत्काईन लागेको हुलाकी सडक योजना कार्यालय धनगढीका ईन्जिनियर पदम मडैले बताए।
उनले कैलारी गाउँपालिकाको बसन्तासम्मको २८ किलोमिटर, बसन्तादेखि टिकापुर नगरपालिकाको शत्तीसम्मको बाँकी १३ किलोमिटर र लम्की-टीकापुर-शत्ती २८ किलोमिटर सडक खण्ड दुई लेनमा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए।
" /> कैलाली। हुलाकी सडक विस्तारको लागि धनगढी उपमहानगरपालिकाको सडक क्षेत्रमा बनाइएका घरटहरा स्थानीयवासी आफैँले भत्काउन थालेका छन्।घरधनी आफैँले घर भत्काउन शुरू गरेकाले सडक विस्तार गर्न सजिलो भएको धनगढी उपमहानगरपालिका-८ का वडाअध्यक्ष नारायण बरालले बताए।

">