काठमाडौंको बल्खु खोलामा शव भेटियो

काठमाडौं। बल्खु तरकारी बजार नजिकैको खोलामा केहिबेर अघि एक पुरुषको शव भेटिएको छ।

अन्दाजी ४२ वर्षीय ती पुरुष सर्लाही घर भएका उमेश महतो रहेको प्रहरीले जनाएको छ।

तरकारी बजारमा मजदूरी गर्ने महतो २८ माघदेखि हराइरहेका थिए।

उनको साथबाट छ हजार ८६० रूपैयाँ र एक थान मोबाइल फेला परेको छ।

शरीरमा कहिँ चोट फेला नपरेको कालिमाटी प्रहरी वृत्तका डीएसपी रुगम कुवरले देखापढीलाई बताए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्