भक्तपुर। सानोथिमिमा घरको ढोका फोडेर चोरी गर्ने दुई किशोर हतियारसहित पक्राउ परेका छन्।
प्रहरी वृत्त थिमि भक्तपुरको प्रहरी टोलीले ताप्लेजुङ चिडिउवा गाउँपालिका घर भई काठमाडौं बस्ने १८ वर्षीय पुजन लिम्बु र काभ्रे घर भई काठमाडौं डल्लु बस्ने १८ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले मध्यपुरथिमि नगरपालिका-२ सानोथिमिस्थित ममता श्रेष्ठको घरको भुइँ तलामा डेरा गरी बस्ने २० वर्षीया जुनु श्रेष्ठको कोठाको ढोका फुटाएर चोरी गरेका थिए।
पक्राउ परेका लिम्बुबाट ताल्चा फुटाउने एक थान छिनो र पाँच हजार ३१५ साथै तामाङको साथबाट एक थान खुकुरी र १५ हजार ५०० बरामद गरिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ। रासस
" /> भक्तपुर। सानोथिमिमा घरको ढोका फोडेर चोरी गर्ने दुई किशोर हतियारसहित पक्राउ परेका छन्।प्रहरी वृत्त थिमि भक्तपुरको प्रहरी टोलीले ताप्लेजुङ चिडिउवा गाउँपालिका घर भई काठमाडौं बस्ने १८ वर्षीय पुजन लिम्बु र काभ्रे घर भई काठमाडौं डल्लु बस्ने १८ वर्षीय अनिल तामाङलाई पक्राउ गरेको हो।

">