ट्रायल पास गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
<p>भक्तपुर। मध्यपुरथिमि नगरपालिका-९ राधेराधेमा रहेको इजीवे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौं शङ्खमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले बताए।</p>
<p>लाइसेन्स बनाइदिन्छु भनेर ठगी गर्दै हिँड्ने श्रेष्ठलाई ठगी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको गिरीले बताएका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
