निफः चलचित्र ‘ट्रयाप’लाई गौतमबुद्ध अवार्ड
काठमाडौं। चलचित्र ‘ट्रयाप’ले तेस्रो नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ) को इन्टरनेशल विधाको उत्कृष्ट चलचित्र अवार्ड जितेको छ।

काठमाडौंमा आज सम्पन्न तेस्रो निफमा टर्कीका निर्देशक सेयिद कोलाकले निर्देशन गरेको चलचित्र ‘ट्रयाप’ले एक हजार ५०० अमेरिकन डलरसहित गौतमबुद्ध अवार्ड जितेको हो।

महोत्सवमा अन्तर्राष्ट्रिय फिल्म विधाका लागि ‘ट्रयाप’ सहित ‘ह्याप्पी किनेर्स’, ‘बिर्यानी’, ‘द अदर हाफ’, ‘वाक अन द वेभ्स्’ लगायत चलचित्र प्रदर्शनमा आएका थिए। यस विधामा टर्की, अमेरिका, भारत, चीन, मेक्सिको, श्रीलंका र फ्रान्सका चलचित्रहरूले प्रतिस्पर्धा गरेका थिए।

गणेश पाण्डेको निर्देशनमा बनेको ‘को–हजबेण्ड’ (सहायक श्रीमान)ले उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको छ। ‘सहायक श्रीमान’ले एक हजार डलर राशि पुरस्कारसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको हो।

त्यस्तै चिनियाँ भाषाको सर्ट फिल्म ‘स्प्रिट अफ दी ड्रोइङ’ले ७५० डलरसहित मञ्जुश्री अवार्ड जितेको छ। भारतीय निर्देशक आशिष पाण्डेको निर्देशनमा बनेको सर्ट फिल्म ‘नूरेस’ ले ५०० डलरसहित बागमती अवार्ड जितेको छ।

चलचित्र ‘बुलबुल’ ले वेष्ट नेशनल अवार्ड हात पारेको छ। १०० डलरसहित उक्त अवार्ड ‘बुलबुल’ले हात पारेको हो।

उत्कृष्ट चलचित्रका लागि नेपाली फिल्म विधामा ‘बुलबुल’ सहित ‘गोपी’, ‘मिस बर्दिया’, ‘कोपिला’ र ‘प्रसाद’ प्रतिस्पर्धामा आएका थिए।

प्रविनकुमार राउतको निर्देशनमा बनेको ‘कलम’ले उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ। केदार श्रेष्ठको निर्देशनमा रहेको चलचित्र ‘जुनुको जुत्ता’ ले स्पेशल जुरी मेन्सन अवार्ड जितेको छ। युक्रेनी चलचित्र ‘अन्ना’ले अन्तर्राष्ट्रिय स्पेशल जुरी मेन्सन अवार्ड जितेको हो।

चलचित्र ‘गोपी’ले स्पेशल जुरी अवार्ड जितेको छ भने विपिन कार्की र स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड जिते।

मुकुन्द भुषालले स्पेशल मेन्सन मेल एक्टरको अवार्ड जित्दा लक्ष्मी बर्देवाले स्पेशल मेन्सन फिमेल एक्टरको अवार्ड जितिन्। विनोद पौडेलले बेस्ट निर्देशक र स्क्रिप्ट राइटरको अवार्ड जितेका छन्। दी अदर हाल्फले स्पेशल जुरी अवार्ड जितेको छ।

२ फागुनबाट शुरू भएको तेस्रो निफ फिल्म फेस्टिभलमा चलचित्र, डकुमेन्ट्री, सर्ट फिल्म तथा एनिमेटेड विधाका ८० वटा चलचित्रहरू प्रदर्शनमा आएका थिए।

महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय चलचित्र (१०), नेपाली चलचित्र (५), सर्ट फिल्म (३५), नेपाली सर्ट फिल्म (१५), डकुमेन्ट्री (८) र ऐनिमेटेड फिल्म (६) बीच प्रतिस्पर्धा भएको निफ आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्