सशस्त्र प्रहरीद्वारा कागजपत्रबिनाको भारतीय कार बरामद् <p>सिरहा। नवराजपुर गाउँपालिका&ndash;४, सोनवर्षास्थित हुलाकी सडकबाट ४ फागुनमा सशस्त्र प्रहरीले कागजपत्र नभएको भारतीय कार बरामद गरेको छ।</p> <p>बरामद गरिएको बीआर ०६ ए एम ८०१० नम्बरको भारतीय कारलाई ठाडी भन्सार कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।</p> <p>उक्त कार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्