काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।
गाउँपालिकामा करारमा कार्यरत असिष्टेन्ट सव-इञ्जिनीयर बिष्णुकुमार राई पाँच हजार रूपैयाँ घुससहित पक्राउ परेका हुन्।
राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा पुगेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई आमचोक गाउँपालिका वडा नम्बर ७ हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।गाउँपालिकामा करारमा कार्यरत असिष्टेन्ट सव-इञ्जिनीयर बिष्णुकुमार राई पाँच हजार रूपैयाँ घुससहित पक्राउ परेका हुन्।

">