कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले विभिन्न मागहरू राख्दै शुरू गरेको अनशनको आज पाचौं दिन पुगेको छ।
मोर्चाले आज धनगढीकोे पार्कमोडमा कोणसभा गरेको छ।
कोणसभालाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज चौधरीले आफूहरूका मागहरूप्रति सरकारले कुनै वास्ता नगरेको आरोप लगाए।
उनले रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए।
मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले १४ बुँदे माग राख्दै १ फागुनबाट आमरण अनशन शुरू गरेका छन्।
" /> कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले विभिन्न मागहरू राख्दै शुरू गरेको अनशनको आज पाचौं दिन पुगेको छ।मोर्चाले आज धनगढीकोे पार्कमोडमा कोणसभा गरेको छ।

">