कैलाली। सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढेपछि कैलालीको हौसलपुरसहित ११ गाउँका स्थानीयको जनजीवन सहज भएको छ। उनीहरूले सुरक्षित महशुस गरेका छन्।

दैनिकजसो भारतीय पक्षबाट हुने ज्यादती भोग्दै आएका कैलारी गाउँपालिका–७ का स्थानीयले सुरक्षित महशुस गरेका हुन्।

सीमा क्षेत्रमा सुरक्षाकर्मी उपस्थिति नहुँदा र खुल्ला सिमानाका कारण गाउँलेहरू विभिन्न समस्या झेल्दै आएका थिए। हालै उक्त वडाको भुईयाँफाँटामा बन्द रहेको विद्यालयमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ।

वडा नम्बर ७ मा रहेको हौसलपुर, रामपुर, भुईयाँफाँटा, तिघरी, विपतपुर, छटकपुर, बड्का बसन्ता, रतनपुर, मोहनपुर, शिवपुर र नारायणपुर क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गरेर बीओपी स्थापना गरिएको जिल्ला सुरक्षा समिति कैलालीले जानकारी दिएको छ।

रामपुरमा सीमा प्रहरी चौकी रहेपनि त्यहाँ न्यून जनशक्तिका भएका कारण सबै क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति हुन सकेको थिएन। एक प्लाटुन (३५ जना) सशस्त्र प्रहरीको उपस्थिति रहने गरी बीओपी स्थापना भएपछि स्थानीयले सुरक्षाको अनुभुति गरेका वडाध्यक्ष कमलप्रसाद चौधरीले बताए।

बीओपी स्थापनाले आपराधिक क्रियाकलाप रोकिने अपेक्षा गरेको भन्दै भुईयाँफाँटा गाउँका भलमन्सा फिरुराम चौधरीले भारतीय ज्यादतीमा समेत कमि आउने अपेक्षा गरिएको बताए ।

सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने सो क्षेत्रमा भारतीय पक्षबाट विभिन्न समयमा दुर्व्यवहार, कुटपिट लगायतका घटना हुने गरेका छन्। नेपालमा सङकटकाल शुरू भएकै बेला डाँकाको समूहले रामपुरमा तीन र बड्का बसन्तामा एक जनाको निमर्मतापूर्वक हत्या गरेका थिए। तिघरी गाउँका जालुराम चौधरीले सिमानामा बीओपी स्थापना भएकाले अब त्यस्तो घटना नदोहरिनेमा आफूहरू ढुक्क रहेको बताए।

कैलालीमा १०१ किलोमिटर खुला सिमाना रहेका कारण सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिन्छ। फूलबारी, भजनी र खक्रौलामा यसअघि नै बीओपी स्थापना भएको थियो।

यसैगरी, त्रिनगर भन्सारमा सशस्त्र प्रहरीको गण समेत गरेर सीमामा सशस्त्र प्रहरीको पाँच ठाउँमा पोस्टहरू रहेको बताउँदै १० ठाउँमा बीओपी राखिने सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कमल तिउसिनाले बताए। उनले अहिले कैलालीका सीमानामा १०÷१० किलोमिटरको दूरीमा सशस्त्रको पोष्ट रहने गरी काम भैरहेको समेत बताए।

१०१ किलोमिटर दूरीमा भारततर्फ भने सीमामा २० र त्यसको केही पछाडि तीन गरी एसएसबीको २३ वटा पोष्ट रहेका छन्।

" /> कैलाली। सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढेपछि कैलालीको हौसलपुरसहित ११ गाउँका स्थानीयको जनजीवन सहज भएको छ। उनीहरूले सुरक्षित महशुस गरेका छन्।

"> सीमा क्षेत्रमा सुरक्षा पोस्ष्ट स्थापनापछि जनजीवन सहज: Dekhapadhi
सीमा क्षेत्रमा सुरक्षा पोस्ष्ट स्थापनापछि जनजीवन सहज

प्रतिक्रिया दिनुहोस्