बाँके। प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

बाँकेको बैजनाथ गाउँपालिका-६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थलसहितको वनस्पति उद्यानको आज शिलान्यास गर्दै उनले यस्ताे बताएका हुन्।

“बोटबिरुवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसका लागि भौतिक संरचनाका साथै आतिथ्य सत्कारमा समेत विशेष ध्यान दिनुपर्दछ”, उनले भने।  मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको उल्लेख गरे।

प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए। “स्थानीयवासीको प्रत्यक्ष सहभागिता भएमात्र वनस्पति उद्यानको योजनाले पूर्णता पाउनेछ”, उनले भने।

प्रदेश सरकारबाट विनियोजित रकममध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको छ। राज निर्माण सेवा नेपालगञ्जसँग एक करोड ६ लाख आठ हजार २९१ रूपैयाँमा २४ पुस २०७६ मा सम्झौता भई २५ असार २०७७ सम्म निर्माणसम्पन्न हुने गरी निर्माण कम्पनीले काम शुरू गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताए।

बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले मानसरोवरको प्रतीकसहितको वनस्पति उद्यानका बनाउनका लागि बैजनाथलाई छनोट गरेकामा प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै यो योजना कार्यान्वयनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

" /> बाँके। प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

बाँकेको बैजनाथ गाउँपालिका-६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थलसहितको वनस्पति उद्यानको आज शिलान्यास गर्दै उनले यस्ताे बताएका हुन्।

“बोटबिरुवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसका लागि भौतिक संरचनाका साथै आतिथ्य सत्कारमा समेत विशेष ध्यान दिनुपर्दछ”, उनले भने।  मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको उल्लेख गरे।

प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए। “स्थानीयवासीको प्रत्यक्ष सहभागिता भएमात्र वनस्पति उद्यानको योजनाले पूर्णता पाउनेछ”, उनले भने।

प्रदेश सरकारबाट विनियोजित रकममध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको छ। राज निर्माण सेवा नेपालगञ्जसँग एक करोड ६ लाख आठ हजार २९१ रूपैयाँमा २४ पुस २०७६ मा सम्झौता भई २५ असार २०७७ सम्म निर्माणसम्पन्न हुने गरी निर्माण कम्पनीले काम शुरू गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताए।

बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले मानसरोवरको प्रतीकसहितको वनस्पति उद्यानका बनाउनका लागि बैजनाथलाई छनोट गरेकामा प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै यो योजना कार्यान्वयनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

"> पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्छः मुख्यमन्त्री पोखरेल: Dekhapadhi
पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्छः मुख्यमन्त्री पोखरेल
बाँके। प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन प्रवर्द्धनका लागि भौतिक पूर्वाधार र आतिथ्य सत्कारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

बाँकेको बैजनाथ गाउँपालिका-६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण गरिने मानसरोवरको प्रतीकात्मकस्थलसहितको वनस्पति उद्यानको आज शिलान्यास गर्दै उनले यस्ताे बताएका हुन्।

“बोटबिरुवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसका लागि भौतिक संरचनाका साथै आतिथ्य सत्कारमा समेत विशेष ध्यान दिनुपर्दछ”, उनले भने।  मुख्यमन्त्री पोखरेलले स्थानीय सरकारले पनि पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध तरिकाले लाग्न जरुरी रहेको उल्लेख गरे।

प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए। “स्थानीयवासीको प्रत्यक्ष सहभागिता भएमात्र वनस्पति उद्यानको योजनाले पूर्णता पाउनेछ”, उनले भने।

प्रदेश सरकारबाट विनियोजित रकममध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट कार्यक्रमअन्तर्गत वनस्पति उद्यानको योजना अगाडि बढेको छ। राज निर्माण सेवा नेपालगञ्जसँग एक करोड ६ लाख आठ हजार २९१ रूपैयाँमा २४ पुस २०७६ मा सम्झौता भई २५ असार २०७७ सम्म निर्माणसम्पन्न हुने गरी निर्माण कम्पनीले काम शुरू गरेको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठले बताए।

बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले मानसरोवरको प्रतीकसहितको वनस्पति उद्यानका बनाउनका लागि बैजनाथलाई छनोट गरेकामा प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै यो योजना कार्यान्वयनका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्