"> नेपालको जनसंख्याभन्दा धेरैले हेरे ‘गलबन्दी’: Dekhapadhi
नेपालको जनसंख्याभन्दा धेरैले हेरे ‘गलबन्दी’
काठमाडौं । २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार छ ।

यसबीचमा बढेको जनसंख्यालाई समेत जोडेर अहिले मुलुकको जनसंख्या तीन करोड पुगेको अनुमान गर्ने हो भने सोही संख्या बराबर गायक प्रकाश सपुतको बहुचर्चित गीत ‘गलबन्दी’ यूट्यूबमा हेरिएको छ ।

११ जेठमा यूट्यूबमा अपलोड गरिएको यो गीत चार महीनामै तीन करोड ४६ हजारभन्दा बढी पटक हेरिएको हो ।

यो गीत सार्वजनिक गरिएको छोटो समय (१५ दिनमै) एक करोड भ्यूज पाउने पहिलो नेपाली गीत समेत हो ।

प्रकाश सपुत र शान्ति श्री परियारले गाएको गीतमा गायक सपुतका साथै अञ्जली अधिकारीले अभिनय गरेका छन् ।

धौलागिरि अञ्चलको मौलिक भाका समेटर तयार पारिएको गीतको शब्द पनि सपुतले नै तयार पारेका हुन् ।

‘गलबन्दी’ गीत मात्रै नभएर यसमा प्रयोग गरिएका संवादहरू  पनि चर्चित छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्