खप्तड गोल्ड कपकाे ट्रफी सार्वजनिक

कैलाली। नेपाल आइस चौथो अन्तर्राष्ट्रिय खप्तड गोल्ड कपको ट्रफी तथा टाइसिट सार्वजनिक गरिएको छ।

सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब धनगढी अध्यक्ष सुरेश हमालले प्रथम तथा द्वितीय हुने टीमले पाउने ट्रफी आज सार्वजनिक गरे।

अध्यक्ष हमालले सोही अवसरमा प्रतियोगितामा भाग लिने १२ टीमको टाइसिट समेत सार्वजनिक गरेका छन्।

खप्तड गाेल्ड कप १-२० फागुनममा हुँदैछ।

प्रतियोगितामा आयोजक सुदूरपश्चिम-११, बागमती क्लब सर्लाही, कञ्चनजंगा एफसी भारत, नेपाल एपीएफ क्लब, एनआरटी क्लब काठमाडौं, नेपाल प्रहरी क्लब, थ्रीस्टार क्लब काठमाडौं, जावलाखेल युथ क्लब काठमाडौं, नवजन जागृति क्लब सिमरा, गोर्खा ब्वाइज रुपन्देही, कोवा एफसी क्यामरुन र सिएमजी संकटा क्लब काठमाडौंको सहभागिता रहने अध्यक्ष हमालले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने टीमले २१ लाख नगद, द्वितीयले १० लाख नगद प्राप्त गर्नेछ।

प्रतियोगिताका म्यान अफ दी म्याचले नगद १० हजार र प्रत्येक दिन खेल हेर्ने दर्शकमध्येबाट एकजनालाई एकथान मोबाइलसमेत दिइने बताए।

प्रतिक्रिया दिनुहोस्