काठमाडौं। सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो। यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो। अहिले सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसले चीनलाई सताएको छ, र रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तुमाथि आशंका गरिएको छ ।

त्यस्ता जीवजन्तुको बेचबिखनमाथि लागेको प्रतिबन्ध पछि हटाइयो, र जनावरहरू फेरि बजारमा देखा परे। अहिले अर्को कोरोना जीवाणु चीनमा फैलिएको छ, र हालसम्म १ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ६५ हजारभन्दा बढी मानिस बिरामी परेका छन्। सार्सभन्दा यो अझ बढी खतरनाक देखिएको छ।

आखिर यस जीवाणुको मुल स्रोत के हो ? अझै पनि शंकास्पद छ, तर कोरोना जीवाणुको स्रोतका लागि तिनै अव्यवस्थित जङ्गली जनावरमाथि औंला तेर्सिएको छ ।

एक दर्जनभन्दा बढी चिनियाँ शहरहरूका ६ करोडभन्दा बढी मानिस बन्दीझैं अवस्थामा छन्। यही कारण वन्यजन्तुहरूको बिक्रीलाई स्थायी रूपमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको छ। धेरैको विचारमा स्वादिष्ट मासुको नाममा वन्यजन्तुको खोजी गर्ने सीमित धनी मानिसका कारण यसको व्यापार फस्टाएको हो।

टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च अस्पतालका इन्फ्लूएन्जा जीवाणु विज्ञ रोबर्ट वेब्स्टरले भने, “पशुपंक्षीमा जीवाणुको संख्या अथाह छ, तर ती सबै मानिसमा संक्रमित हुन पाएको छैन। यी जीवाणुले कुनै पनि बखत मानिसलाई हानि गर्न सक्छन्।”

सार्स र हाल फैलिएको कोविड–१९ ले मानिसलाई दुःख दिएको र रोग सारेको उदाहरण पहिलो भने होइन। अफ्रिकामा “बुशमिट” का नाममा पशुपंक्षीको शिकार र बिक्रीबाटै प्राणघातक इबोला फैलिएको मानिन्छ। बर्ड फ्लू सम्भवतः सन् १९९७ मा हङकङको बजारमा कुखुराबाट आएको थियो। दादुराको जीवाणु पनि गाईवस्तुबाट संक्रमण भएर मानिसमा आएको विश्वास गरिन्छ।

वैज्ञानिकहरूले नयाँ कोरोनाभाइरस पहिलो पटक कसरी संक्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन्। प्रमाणहरुले चमेरोबाट कोरोनाभाइरस उत्पत्ति भएको हुन सक्ने देखाएका छन्। यी चमेराले अरु पशुपंक्षीलाई संक्रमित गरेका र यसले चीनको दक्षिणपूर्वी शहर वुहानको अवैध बजारमा मानिसहरूलाई संक्रमित गरेको आशंका छ।

अहिले बन्द अवस्थामा रहेको “हुनान सिफुड होलसेल मार्केट (हुनान समुद्री थोक बजार)” ले दर्जनौं किसिमका वन्यजस्तुको मासु बिक्रीको विज्ञापन नै गरेको थियो जसमा विशाल छेपारो, गोहीको बच्चा र जंगली कुकुर जस्ता दर्जनौं प्रजातिका जीवजन्तु समेटिएका थिए। यी जीवजन्तुको फर्ममा उत्पादन गरिए पनि यिनीहरुलाई अक्सर वन्यजन्तुकै श्रेणीमा राखिन्थ्यो।

वुहान बजारबाट सङ्कलित ३३ वटा नमुना परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन्, र तीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएका थिए। घरमा लामो समय पालिने कुखुरा र सुँगुर जस्ता पाल्तु पशुसँग तुलना गर्दै विज्ञहरुले जङ्गली जनावरहरूमा पाइने जीवाणुका बारेमा कमै जानकारी रहेको बताएका छन्।

वुहानको पशुपंक्षी बजार एशिया र अन्यत्र जस्तै थियो, जहाँ जनावरहरू बाँधिएका वा पिंजडामा राखिएका हुन्छन्। अधिकारकर्मीहरुका अनुसार कानुनी रूपमा पालिएका र अवैध रूपमा शिकार गरिएका जनावरबीचको भिन्नता छुट्याउन गाह्रो छ। प्रायः ताजा बेच्ने भन्दै बजारमा जताततै मारिन्छन्। विज्ञहरूले मानिसको सानो असावधानीले पनि समस्या निम्त्याउने र नयाँ जीवाणुहरु मानिसमा संक्रमित हुने खतरा औंल्याउँछन्।

“तपाईंले जिउँदो जनावर देख्नुभयो भने त्यो पूरै मलमूत्रले ढाकिएको हुन्छ। जथाभावी काट्ने गरिएका कारण जताततै रगत पनि लागेको हुन्छ,” इकोहेल्थ एलायन्सका अध्यक्ष पिटर दासजाकले बताए। यो संस्थाले नयाँ रोगहरुबाट मानिसलाई जोगाउन तथा वन्यजन्तुको संरक्षणका क्षेत्रमा काम गरिरहेको छ।

दासजाकले अधिक विश्वव्यापी यात्रा र व्यापारको सिलसिलामा मानिसको घुमफिर हुने भएपछि रोग फैलिने जोखिम बढ्नु स्वाभाविक रहेको बताए।

ह्युस्टन विश्वविद्यालयमा चिनियाँ राजनीति विषयमा अध्ययनरत पिटर लीले चिनियाँहरुले वन्यजन्तुको स्वाद लिन थालेको नयाँ हो भने। देशको आर्थिक बृद्धिका कारण मानिसमा नयाँ किसिमका पशुको स्वाद लिने प्रवृत्ति बढेको उनको भनाई छ । चिनियाँ सामाजिक सञ्जालमा यतिखेर केही सीमित धनी वर्गको असन्तुष्टीले आम मानिसको स्वास्थ्यमा खेलवाड गरेको र जोखिम बढाएको भन्दै तीब्र आलोचना भइरहेको छ।

“यो दोस्रो पटक हो ... पहिलो सार्स हो, यस पटक वुहानमा देखियो। हामी तेस्रो पटक यस्तो चाहँदैनौं,” सिचुआनबाट लाई जिनपिङले फोनमा बताए।

“हामी उनीहरुलाई घृणा गर्दछौं,” ३६ वर्षीया गृहिणी ताओ यीवेईले भनिनन्। उनी पनि वन्यजन्तुको बेचबिखनमा अस्थायी होइन, स्थायी प्रतिबन्ध लगाउनु पर्नेमा जोड दिन्छिन्।

यसै महीना चिनियाँ राष्ट्रपति सी चिनफिङले जनस्वास्थ्यमा जोखिम निम्त्याउने वन्यजन्तुको अवैध कारोबारलाई “पूर्णरुपले कडाइका साथ प्रतिबन्ध” लगाउने घोषणा गरेका छन्।

पूर्वी प्रान्त आन्हुईमा अधिकारीहरूले जंगली ब्याजर र मुसाहरुको फार्म चलाउन प्रतिबन्ध लगाएका छन्। तियानजिन बन्दरगाहमा वन्यजन्तुको बिक्रीमा संलग्न रहेको आरोपमा छजना व्यापारीलाई गिरफ्तार गरेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार हुवेईमा कोरोनाको संक्रमण देखिएपछि देशभर करीब १५ लाख बजार र अनलाइन संचालकको अनुगमन र जाँच गरिएको छ। करीब ३ हजार ७०० पसल बन्द गरिएका छन् भने करीब १६ हजार प्रजनन् साइटलाई घेराबार गरिएको छ ।

यी उपायहरू आगामी दिनमा कसरी निरन्तरता पाउँछन् भन्ने अझै स्पष्ट छैन। यो प्रकोप शुरू हुनुभन्दा अघि चीनमा ५४ प्रजातिका पशुपंक्षी बेच्न अनुमति थियो। तर घरपालुवा वा जङ्गली हुन् भन्ने छुट्याउन भरपर्दो व्यवस्था नहुँदा समस्या थियो। साम म्याकनिल र क्यान्डिस चोई/ एपी

" /> काठमाडौं। सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो। यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो। अहिले सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसले चीनलाई सताएको छ, र रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तुमाथि आशंका गरिएको छ ।

"> जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका: Dekhapadhi
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका

प्रतिक्रिया दिनुहोस्