‘चपली हाइट ३’ को अष्ट्रेलिया राइट्स २५ हजार डलरमा बिक्री <p>काठमाडौं। २८ चैतबाट प्रदर्शनमा आउन लागेको चलचित्र &lsquo;चपली हाइट ३&rsquo; को अष्ट्रेलिया राइट्स बिक्री भएको छ। निकेश खड्का निर्देशनमा बनेको चलचित्रको अष्ट्रेलिया राइट्स बाबा कन्सल्टेन्सीले २५ हजार अष्ट्रेलियन डलर (नेपाली १९ लाख १८ हजारभन्दा बढी) मा किनेको हो। आज बाबा कन्सल्टेन्सी र निर्माता अर्जुन कुमारसँग एक सम्झौता भएको छ।</p> <p>निर्माता अर्जुन कुमारले महँगो मूल्यमा चलचित्रको अष्ट्रेलिया राइट्स बिक्री हुनुलाई &lsquo;चपली हाइट&rsquo; ब्रान्डप्रतिको विश्वास रहेको बताए। अन्य देशमा पनि फिल्मको माग भइरहेको उनको भनाइ छ। केही दिनअघि सार्वजनिक भएको &lsquo;चार आनाको मसला&rsquo; बोलको गीत चर्चामा आएको थियो।&nbsp;&nbsp;</p> <p>&lsquo;चपली हाइट-३&rsquo; मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतम, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारको अभिनय छ।</p> <p>यो चलचित्रको अघिल्ला दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्