राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता हुने
काठमाडौं। राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताको छैठौं संस्करण ७-११ चैतमा हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा साे प्रतियोगिता हुन लागेको हो।
भृकुटीमण्डपमा आयोजना हुने प्रतियोगितामा उत्कृष्ट हुनेले दुई लाख २५ हजार रूपैयाँ पुरस्कार पाउनेछन्।
दोस्रो हुने टीमलाई एक लाख ५० हजार, तेस्रोलाई एक लाख र सान्त्वना टीमलाई ५० हजार रूपैयाँ पुरस्कार दिइने प्रतियोगिता संयोजक शिव हमालले जानकारी दिए।
कला संस्कृतिको संरक्षण तथा सम्वर्द्धनका लागि प्रतिष्ठानले २०६९ सालदेखि हरेक वर्ष प्रतियोगिताको आयोजना गर्दै आएको छ। दोहोरीको नाममा विकृति भित्रिरहेको भन्दै परम्परागत दोहोरीका विषयमा प्रशिक्षण दिएर कलाकारहरूलाई प्रतियोगितामा सहभागी गराइने संयोजक हमालको भनाइ छ।
प्रतिष्ठानले पहिलो पटक दुई श्रेणीमा प्रतियोगीहरूलाई विभाजन गर्नेछ। नवप्रवेशी कलाकारलाई डिभिजन 'बी' र लामो समयदेखि दोहोरी गीत क्षेत्रमा काम गर्दै आएका प्रतियोगीहरू 'ए' डिभिजनमा विभाजन गरिने उनको भनाइ छ।
सबै प्रतियोगीहरूलाई एउटै श्रेणीमा राख्दा नवप्रवेशीले अवसर नपाएको गुनासो आउने गरेको भन्दै पहिलो पटक छुट्टाछुट्टै प्रतिस्पर्धा गराइन लागेको संयाेजक हमाल बताउँछन्।
प्रतिक्रिया दिनुहोस्