काठमाडौं। कोरोना भाइरसविरुद्ध संघर्षरत चीनले हुबेइ प्रान्तमा मानिसहरूलाई घरबाट निस्कन प्रतिबन्ध लगाएको छ। ६ करोड जनसंख्या रहेको हुबेइ प्रान्तमा कुनै आपतकालिन अवस्थामा बाहेक घरबाट ननिस्कन भनिएको छ।
यसबाहेक हुबेइ प्रान्तमा निजी कार चलाउन पनि अनिश्चितकालीन प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरसबाट सबैभन्दा धेरै हुबेइ प्रान्त र त्यहाँको वुहान शहर प्रभावित छ। जहाँ अहिलेसम्म (आइतबारसम्म) १६६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ।
तीन दिनयता कोरोना भाइरस संक्रमणको दर घट्दो क्रममा रहेको जानकारी दिएको चीनले कोरोनाविरुद्ध निरन्तर प्रयास गरिरहेको पनि बताएको छ।
हुबेइ प्रान्तमा पछिल्लोपटक गरिएको प्रतिबन्धपछि एउटा परिवारका एक जना सदस्यलाई तीन दिनमा एक पटक सरसामान खरिद गर्न बाहिर निस्कने अनुमति छ। औषधि, होटल र खाद्य सामाग्री बाहेकका पसल पनि बन्द गर्न आदेश दिइएको छ।