दार्चुला। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेपाल-भारत सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र गएका छन्।
केहीबेर अघि नेपाली सेनाको हेलिकप्टरमार्फत मन्त्री पोखरेल व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन्।
उपप्रधानमन्त्री पोखरेलसहित प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेश सभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा अधिकारीसहित १० जनाको टोली व्यास क्षेत्र गएको दार्चुलाका सीडीओ यदुनाथ पौडेलले बताए।
नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालले यसमा आपत्ति जनाउँदै आएको छ।
दार्चुला उद्योग वाणिज्य संघ आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटनको क्रममा उपप्रधानमन्त्री पोखरेल यहाँ आएका हुन्।
" /> दार्चुला। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेपाल-भारत सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र गएका छन्।केहीबेर अघि नेपाली सेनाको हेलिकप्टरमार्फत मन्त्री पोखरेल व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन्।

">